arrow

कोशी प्रदेश : नामकरणको विरोधमा बन्द, प्रभाव सामान्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
banda-koshi.jpg


झापा । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्दको प्रभाव सामान्य रहेको छ ।

प्रदेशका केही स्थानहरूमा बन्धकर्ताहरू बन्दलाई प्रभावकारी बनाउन सडकमा उत्रिएका छन् । बन्धकर्ताहरू सडकमा उत्रिएता पनि बन्दको प्रभाव भने प्रभावकारी भएको देखिँदैन ।

जिल्लाका बुधबारे बिर्तामोड र दमकमा केही बन्धकर्ताहरू सडकमा उत्रिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बन्द गराउन सडकमा निस्किएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहहरूले बन्द आह्वान गरेका हुन ।

बन्दका कारण प्रदेशका केही स्थानहरूमा भने आइतबार बिहान बन्धकर्ताहरू सडक उभिएर यातायातका साधन नचलाउन दिएनन् साथै उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ