arrow

बन्द आह्वानको प्रभाव परेन राजधानीमा 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ फागुन २८ आइतबार
koshi-banda-2079.jpg

मोरङ । आइतबार कोशी प्रदेशको नामाकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न राजनैतिक दल तथा जातीय संस्थाहरू आन्दोलित भएका छन् ।

जसपा, संघीय लिम्बुवान पार्टी, किरात राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाका कार्यकर्ताहरू आइतबार कोशी प्रदेश बन्दको आह्वान गरेका छन ।

बन्दका कारण लामो दूरीमा कुद्ने सवारीका साधनहरू कुदेका छैनन् । बन्दको प्रभाव सामान्य रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए । मोरङको बेलबारी, पथरी विराटनगरमा बन्दकर्ताहरुले बन्द गराउन आए पनि त्यसको प्रभाव नपरेको उनले बताए ।

विराटनगर कोशीको राजधानी हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ