arrow

चुरे भावरका नेतालाई प्रधानमन्त्रीले भने–तपाईहरुको साथ चाहिन्छ

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
chure-bhawar-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहिरहेको बताएका छन् । 
 
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘देश समस्यामा छ, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार हाम्रा सामु छन् । देशका ज्वलन्त समस्यालाई गम्भीरता रुपमा लिएको छु, यसमा तपाईहरुको पनि साथ चाहिन्छ । म ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहन्छु ।’
 
प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै बाहिरी हल्लाका आधारमा धारणा नबनाउन समेत आग्रह गरे । भेटमा चुरे भावर पार्टीका नेताहरुले संविधान संशोधनमा सबैको भावनाको ख्याल गर्न, चुरे भावर प्रदेशको व्यवस्था गर्न, २०६४ मा आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ