arrow

अस्ताए कांग्रेस धरोहर देवकोटा

logo
शरद रेग्मी,
प्रकाशित २०७३ असोज ११ मंगलबार
congressbasanta-devkotas.jpeg
दाङ । नेपाल काँग्रेस दाङ क्षेत्र नम्वर ५ का स्वर्गिय क्षेत्रीय सभापति वसन्त देवकोटाको गृहजिल्ला दाङमा अनत्यष्टी गरीएको छ । देवकोटाको आज मंगलवार दाङको बवई नदिमा अन्तीम दाहसंस्कार गरीएको छ ।  हजारौ कार्यकर्ता र सुवेच्छुकहरु देवकोटालाई  अन्तीम श्रद्धाञ्जली दिन बबई नदिको शितलपुर घाटमा पुगेका थिए । यस अघि   नेपाली काँग्रेस दाङले मंगलवार विहान स्वर्गिय देवकोटाको पार्थिव शरिर घोराही स्थित पार्टी कार्यालयमा  र क्षेत्र नं ५ को कार्यालय र उनको निवासका राखेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
 
 स्वर्गिय देवकोटालाई अन्तिम श्रद्धाञ्जली दिन जिल्लाको शिर्ष नेतृत्व देखि नेता, कार्यकर्ता र शुभचिन्तकहरु गरि सयौंको उपस्थिति थियो । स्वर्गिय देवकोटाको पार्थिव शरिरमा श्रद्धाञ्जलि दिन नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ बाट निर्वा्चित सांसद राजु खनाल, निवर्तमान सभापतिघनश्याम रेग्मी , पूर्व सांसदहरु गेहेन्द्र गिरी, कृष्ण किशोर घिमिरे , दाङ जिल्लाका चारवटै क्षेत्रीय सभापतिहरुले संयुक्त रुपमा नेपाली काँग्रेसको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए । यस अघि काठमाण्डौमा पार्टि सभापति शेरबहादुर देउवा,महामन्त्री शसाकं कोईराला, सिचाई मन्त्रि दिपक गिरी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, सांसद वुद्धिराम भण्डारी, राजु खनाल लगायतले अस्पतालमा पुगेर अन्तीम  श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
 
उक्त शोक सभालाई सम्वोधन गर्दै जिल्ला सभापति खड्काले क्षेत्रीय सभापति देवकोटाको असामहीक निधनले नेपाली काँग्रेस दाङ मर्माहत भएको बताए । उनले एउटा निष्ठाको राजनीतिज्ञ र कुशल संगठक गुमाउनु परेको यस पिडादायी क्षणमा सबै काँग्रेस जनहरु धैर्य बन्न आग्रह पनि गरेका थिए । सभापति खड्काले स्वर्गिए देवकोटाले व्यवहारमै उतारेर देखाएको वीपीको समाजवादको वाटो सबैले अवलम्वन गर्नु नै देवकोटा प्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । उक्त शोकसभाको सहजीकरण जिल्ला सचिव शंकर डाँगीले गरेका थिए । 
 
काँग्रेसले तीन दिन सम्म पार्टीको झन्डा आधा झुकाउने क्षेत्रीय सभापति देवकोटाको सोमवार ४८ वर्षको अल्पआयुमै भएको असामहीक निधनपछि नेपाली काँग्रेस दाङले तीन दिन सम्म पार्टीको झन्डा आधा झुकाउने भएको छ । जिल्ला पार्टी कार्यालय देखि मातहतका सबै पार्टी कार्यालयहरुमा शोक मनाउन तीन दिन सम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए । सचिव डाँगीका अनुसार जिल्ला पार्टी कार्यालय र मातहतका सबै कार्यालयहरुमा १३ दिन सम्म कुनैपनि औपचारिक कार्यक्रमहरु पनि गरिने छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ