arrow

धादिङ दूर्घटनामा ज्यान जानेको संख्या १८ पुग्यो, १४ घार्इतेको उद्दार

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
Dhading-map.jpeg
काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी  जाँदै गरेको बस दूर्घटनामा मृतकको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार अहिलेसम्म मृतकको पहिचान हुन सकिरहेको छैन ।  
 
दूर्घटनामा मृत्इुहुनेको संख्या १८ जना पुगेको भएपनि कसैको पनि पहिचान हुन नसकेको बताईएको छ । तर घाईतेहरुलाई भने दुई पटकगरी १४ जनालाई काठमाडौं ल्याईएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । घाईतेहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । 
 
घटनाको थप विवरण आउन बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।  ना ४ ख ३३१८ नम्बरको बस दूर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ