काठमाडौं । मधेशी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले डाकेको छलफलका लागि नेताहरु बालुवाटार पुगेका हुन् ।
मोर्चाका नेताहरुले नै वार्ताका लागि समय मागेको बताइएको छ । प्रधानमन्त्री दाहाल र मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ ।
छलफलमा संविधान संशोधन, संविधान कार्यान्वयन र मधेशी, थारु, जनजातिका मागलाई सम्बोधन गर्नेबारे कुरा भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा मोर्चामा आवद्ध दलका अध्यक्षहरु सहभागि भएका बताइएको छ ।