arrow

संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : भरतमोहन अधिकारी

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
bharat_mohan.jpg.jpeg
काठमाडौं। नेकपा एमालेका नेता भरतमोहन अधिकारीले संविधान संशोधनभन्दापनि कार्यान्वयनतर्फ लाग्नुपर्ने स्पष्ट पारेका छन् ।  मंगलबार प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक स्मारिकाको रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीले भने,‘संविधान संशोधन भन्दापनि यसको कार्यान्वयनको लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयन विनाको यो बहस अनावाश्यक हुन्छ ।’ उनले निर्धारित समयमै चुनाव गर्नुको विकल्प नभएको समेत जिकिर गरे ।
 
उनले मुलुक अहिले संक्रमणकालिन अवस्थामा रहेकोले संविधान संशोधनभन्दा बढि कार्यान्वयनमा जोड दिनुपर्ने जिकिर गरेका हुन् । अधिकारीले थपे,‘संशोधनको लागि विभिन्न कानुन तथा ऐनहरु बनाउनतिर लाग्दा संविधान नै असफल बनाउने तत्वहरुले फाईदा लिन सक्ने संभावना देखियो, यसबाट शर्तक रहनुपर्छ ।’ अधिकारीले मुलुक आर्थिक समृद्धितर्फ अघि बढेमात्रै सबै खाले विभेद तथा असमानताहरु हट्ने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ