arrow

बालुवाटार बैठक : मोर्चाका नेताहरुलाई प्रधानमन्त्रीले भने–सरकारलाई शंका नगर्नुस्

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
morchaka-netaharu-baluwatarma-new.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई सबैका भावना समेटेर सरकार अघि बढेको आश्वासन बाँडेका छन् । 
 
मंगलबार बेलुकी सरकारी निवास बालुवाटारमा मधेशी मोर्चाका शीर्ष नेताहरुसंगको छलफलमा दाहालले सबै पक्षको चासो र मागलाई केन्द्रमा राखेर नै संविधान कार्यान्वयन र स्थानीय तहको पुनःसंरचना हुने आश्वासन बाँडेका हुन् । 
 
मोर्चाका नेताहरु समय मागेर प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । बैठकमा मधेशी मोर्चाका नेताहरुले स्थानीय तह पुनःसंरचनाबारे प्रमूख तीन दलबीच भएको सहमतिबारे जिज्ञासा राखे । प्रधानमन्त्रीले त्यसबारे स्पष्ट पारेपछि मोर्चाका नेताहरु स्पष्ट भएको भन्दै बाहिरिए । 
 
भेटमा मोर्चाका नेताहरुले संविधान संशोधनको प्रस्तावबारे समेत कुरा राखे । प्रधानमन्त्रीले संविधान संशोधनका लागि गृहकार्य भइरहेको जानकारी गराउँदै सरकारलाई शंका नगर्न मोर्चा र प्रतिपक्षी दललाई आग्रह गरे । 
 
बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘मोर्चाका नेताहरुले स्थानीय तहको पुनःसंरचना र संविधान संशोधनको प्रस्तावबारे चासो राख्नुभयो । प्रधानमन्त्रीले सबैका भावना समेटेर सरकार अगाडि बढेको जानकारी दिनुभयो ।’ बैठकमा मोर्चाका तर्फबाट सद्भावना अध्यक्ष राजेन्द्र महतो सहभागि भएपनि तमलोपा र संघीय समाजवादीबाट दोस्रो तहका नेताहरु उपस्थित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ