arrow

धादिङ दूर्घटनामा ज्यान गुमाएका १३ को सनाखत

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
dhading-map.jpg.jpeg
काठमाडौं । धादिङको मार्पाकमा भएको बस दूर्घटनामा परी ज्यान गुमाउनेहरु मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको बस दूर्घटनाहुँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको पत्ता लागेको प्रहरीले जनाएको छ । 
 
दूर्घटनामा ज्यान गुमाउनेको पहिचान यस्तो छ । 
१. रौसिंङ तामाङ – सत्यदेवी गाउँ विकास समिति 
२. मेन्दीजोङ तामाङ – सत्यदेवी गाउँ विकास समिति 
३. रल्क तामाङ – सत्यदेवी गाउँ विकास समिति 
४. सेरलक तामाङ – सत्यदेवी गाउँ विकास समिति 
र उनकै ५ वर्षीय छोरा छन् ।
५. तिलबहादुर तामाङ – सत्यदेवी गाउँ विकास समिति 
६. चन्द्रमान तामाङ –  री गाउँ विकास समिति 
७. मन तामाङ – री गाउँ विकास समिति 
८. कासा लामा तामाङ – री गाउँ विकास समिति
९. रामचन्द्र सापकोटा – दार्खा गाउँ विकास समिति 
१० दिल कुमारी पौडेल – मार्पाक गाउँ विकास समिति, 
११. कमला पौडेल र 
१२ बसका चालक गोरखाका गंगा सुनार रहेको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा परी १४ जना घाइते भएका छन् । गम्भीर अवस्थाका उनीहरुलाई नेपाली सेना र फिस्टेल एअरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ