काठमाडौं । पछिल्लो ३ दिनमा धादिङ र चितवनमा भएका दुई मुख्य दूर्घटनाको सत्यतथ्य छानविन गर्नको लागि छानविन समिति गठन भएको छ ।
गृहमन्त्रालयको सिफारिसमा मंगलबार बसेको कन्त्रिपरिषद्को बैठकले चितवनमा भएको पूर्व गृहमन्त्री माधव घिमिरे चढेको सवारी दूर्घटना र मंगलबार धादिङको मार्पाकमा भएको बस दूर्घटनाको विषयमा छानविन गर्न पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानााको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्णपन्थीले जानकारी दिए ।
समितिमा संयोजक बाहेक नेपाल प्रहरीका एआईजी केदार साउन, सशस्त्रप्रहरीका एआईजी प्रेम शाही, गृहमन्त्रालयका सहसचिव बालकृष्णपन्थी र भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रहेका छन् ।
आयोगलाई पूर्व गृहमन्त्री घिमिरेको दुर्घटना र धादिङमा भएको बस दुर्घटनाबारे छानविन गरी प्रतिवेदन पेश गर्न र सडक दुर्घटना रोक्ने दीर्घकालीन उपायहरुबारे सुझाव पेश गर्न कार्यदेश दिइएको छ