दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
1.1k
Shares
नेपालगञ्ज । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ। दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।
आज बिहान ८ बजे नेपालगञ्जबाट दैलेख जाँदै गरेको मनकामना ग्याँस बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतक सबै ग्याँस कम्पनीकै कर्मचारीहरू हुन् ।