arrow

विमला पौड्यालको प्रश्न – बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
bimala-rai-poudel.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । नेकपा एमालेकी सांसद डा. विमला राई पौड्यालले मंगलबार बानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको प्रहरीले मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छिन् ।

राष्ट्रिय सभाको बैठकको शून्य समयमा पूर्व मन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले दुई युवाको मुख छोपेको फोटो आएको भन्दै  किन मुख थुनिएको हो ? भन्दै त्यसको जवाफ माग गरेकी हुन् ।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ?  मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ चाहन्छु’, जवाफ माग्दै राईले भनिन् ।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दावाद’ भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ