arrow

आफुखुसी संविधान संशोधनको प्रयास गरिए प्रतिबाद गर्ने नेपालको चेतावनी

logo
शरद रेग्मी,
प्रकाशित २०७३ असोज १२ बुधबार
netanepal.jpeg
दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संविधानको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेतावनी दिएका छन् । दाङको तुलसीपुरमा बुधबार नेकपा एमाले दाङको १२औ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले दलहरु बीच ब्यापक छलफल नै नगरि संबिधान संशोधन हुन नसक्ने बताए । 
 
यदी वर्तमान सरकारले केही मधेसबादी दलहरुको माग पुरा गराई सत्ता लम्ब्याउने प्रयासका लागि संबिधान संशोधनको प्रयास गरे एमाले प्रतिकार गर्ने बताए । तर राष्ट्रीय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने जानकारी दिए । नेपालले संबिधान कार्यान्वयका लागि स्थानिय निकाय र प्रान्तीय निर्बाचन माघ ७ गते भित्र गर्न नसके संबिधान धरापमा पर्ने र त्यसबाट मुलुक पुन अन्यौलतामा धकिलीने बताए । तर सरकार यस प्रती गम्भीर छदै,छैन उनको आरोप छ ।
 
 नेता नेपालले स्थानिय निकाय र प्रान्तीय निर्बाचन पछि २०७४ माघ भित्र केन्द्रीय तहको निर्बाचन गराउनका लागि पनि एमाले तयारी अबस्था रहेको बताए । उनले जिल्लालाई कम्जोर बनाउने प्रयास भई रहेको बताउदै नागरिकलाई प्रभावकारी सेवा दिन जिल्ला बलियो बनाउनु पर्ने जिकिर गरे । उनले  ७५ जिल्ला चलाउन नसक्नेले ५ सय ६५ ठाँउ चलाउने हिम्त गर्नु कति हास्यास्पद कुरा भएको टीप्पणी गरे । 
 
 करीव १२ सय प्रतिनीधी सहभागी हुने अधिवेशनले एमाले दांङको नयाँ नेतृत्व छान्ने छ । एमाले जिल्ला अध्यक्षका लागी ३ जना आकाक्षी देखीएपनी सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास पनि भई रहेको बुझिएको छ । अध्यक्षका लागी संगठन बिभाग प्रमुख हिराचन्द्र केसी, प्रदेश नम्वर ५का सदस्य टिकाराम खड्का र बर्तमान सचिव हुकुम बहादुर बस्नेत,को नाम बढि चर्चामा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ