arrow

गृह जिल्ला पुगेर प्रधानमन्त्रीले के भने ?

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
girha-jillama-pm-prch.jpeg
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राष्ट्रिय सहमति जुटाएर आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा अघि बढ्नसफल हुने विश्वास गरेका छन् । 
 
गृह जिल्ला चितवनको दिव्यनगरस्थित आदर्श उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा वुधबार प्रधानमन्त्री दाहालले भने, ‘म चुनौतिपूर्ण अवसरको रुपमा प्रधानमन्त्रीको जिम्मेवारीमा छु ।
 
उच्च अदालत गठनमा राष्ट्रिय सहमति जुटेको छ । स्थानीय तह निर्धारणमा राष्ट्रिय सहमति जुटेको छ । सबै दलहरुलाई मिलाएर राजनीतिक स्थिरता र समृद्धितिर लैजाने मेरो दायित्व हो । म यो दायित्व पूरा गर्नेछु, राष्ट्रिय सहमतिको वातावरण बनाएर अघि बढ्न सफल हुनेछु ।’
 
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले जनताको समृद्धि र प्रगतिका चाहना अनुसार चितवनलाई विशेष प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु गराए । स्वर्ण महोत्सव समारोहमा शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरु सम्मानित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ