arrow

छात्रबासबाट भागेका विद्यार्थी १७ दिनपछि भेटिए

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । सदरमुकाम फिदिम स्थित मेची बोर्डिङ स्कुलको छात्रबास बाट हराइरहेका दुई जना विद्यार्थी मंगलवार भेटिएका छन् । गत भदौ २५ गतेदेखि प्रहरीले उनीहरुलाई नेपाल भारतको सिमावर्ती इलामको सन्दकपुर बजारमा फेला पारेको हो ।
 
विद्यालयको छात्रबासमा बसेर अध्ययन गरिरहेका १५ वर्षीय पृथ्वी राई र १४ बर्षीय वसन्त राई गत भदौ २५ गते साँझ फिदिम ४ स्थित विद्यालयको छात्रबासवाट हराइरहेका थिए । उनीहरु मध्ये पृथ्वी कक्षा ९ र वसन्त कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन । हराएका मध्ये पृथ्वी राई कक्षा नर्सरीदेखि सोहि विद्यालयमा अध्ययनरत थिए भने वसन्त कक्षा ५ मा अन्यत्रवाट आएका थिए ।
 
विद्यालयको छात्रवासमा बसेर अध्ययन गर्दै आएका उनीहरुलाई मोवाइल चोरीको अभियोगमा प्रहरीले विद्यालयवाटै जिल्ला प्रहरी कार्यालय पाँचथरमा झिकाई सोधपुछ गरेको थियो ।सोधपुछ पश्तात राती १० वजे प्रहरीले शिक्षक डेविट श्रेष्ठ र सहायक प्रिन्सिपल कुलराज शुब्बालाई बुझाएको थियो ।
 
छात्राबासमा पुर्‍याएपछि सोहि रात भागेका उनीहरुलाई खोजतलासका क्रममा प्रहरी चौकी प्राङवुङले फेला पारेको हो । फेला परेका छात्रहरुलाई मंगलवार नै विद्यालय प्रशासन र अविभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले बताए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ