arrow

काठमाडौंमा सार्क सांसदहरुको सम्मेलन : अफगानिस्तान र माल्दिभ्सका प्रतिनिधी सहभागि नहुने

भारतबाट सांसद आएनन्

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
SAARC-logo.jpeg
काठमाडौं । दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९औं शिखर सम्मेलन स्थगन भएको चर्चा चुलिएकै समयमा विहिबार काठमाडौंमा सार्क सांसदहरुको सम्मेलन हुँदैछ । 
 
सम्मेलनमा भारतबाट छिमेकी भारतबाट सांसदहरु उपस्थित नभएपनि राजनीतिज्ञ, विज्ञ र पत्रकार सहभागि हुने बताइएको छ । यद्यपि, सम्मेलनमा अफगानिस्तान र माल्दिभ्सका प्रतिनिधी सहभागि हुने छैनन् । 
 
सम्मेलनमा छुट्टा–छुट्टै पाँच विषयमा सात वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । संसदको अन्तर्राष्टिय सम्बन्ध तथा श्रम समितिले विहिबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । 
 
पत्रकार सम्मेलनमा कर्मचारीतन्त्र जेलिएका कारण सार्कले कुनै पनि काम अघि बढाउन नसकेको भन्दै राजनीतिक स्तरमा यसको प्रभावकारीता बढाउन भन्दै सम्मेलन हुन लागेको जानकारी गराइयो । दुई दिने सम्मेलनमा अध्यक्ष मुलुकको नाताले नेपालले आगामी दिनमा सार्कलाई यस क्षेत्रबाट गरिबी निवारण, आतङ्कवाद नियन्त्रण, आर्थिक समृद्धिका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्न सम्मेलनले सुझाव दिनेछ । 
 
समितिको अगुवाईमा हुने सम्मेलनबारे समिति सदस्य एवं पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले सबै तयारी पूरा भएको जानकारी गराइन् । उनले यो राजनीतिक स्तरको मिनी शिखर सम्मेलन भएको समेत सुनाईन् । 
 
पूर्व मन्त्री एवं सांसद लालबाबु यादवले दुई सदस्य राष्ट्रबाहेक अन्य राष्ट्रका प्रतिनिधि आइसकेको सम्मेलनमा जानकारी दिए । सम्मेलन आयोजना गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन भएको थियो ।
 
पाँच कार्यपत्र प्रस्तुत हुने क्रममा पाँच जना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग रुपमा अध्यक्षतासमेत गर्ने बताइएको छ । 
 
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । सन् २०१४ मा काठमाडौंमा सम्पन्न सार्कको १८औंं शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । दुई वर्षमा हुने सार्क सम्मेलन अन्तर्गत १९औं बैठक पाकिस्तानको इस्लामावादमा हुने भनिएकामा अनिश्चित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ