arrow

चाडबाडमा सचेत हुनुस्, प्रहरीलाई खवर गर्नुस् –प्रवक्ता हेमन्त मल्ल

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
nepal-police.gif
काठमाडौं । नेपाल प्रहरीले चाडबाडलाई ध्यानमा राखेर विशेष सुरक्षा नीति अपनाएको छ । प्रहरी प्रवक्ता डीआइजी हेमन्त मल्लले हरेक वर्ष झैं यसपटक पनि चाडवाडलाई ध्यान दिएर सुरक्षा बढाएको बताएका छन् । 
 
काठमाडौंमा चाडबाडका समयमा चोरी, लुटपाटजस्ता घटना बढी हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना नै बनाइएको प्रवक्ता मल्लले जनाए । 
 
उनले तुलनात्मक रुपमा अन्य समयमा भन्दा सुरक्षाकर्मीहरु पनि बढाइएको बताएका छन् । 
 
काठमाडौंमा दसैंमा सबैभन्दा चोरी तथा लुटपाट हुने भन्दै मल्लले भने, ‘दसैंका बेलामा धेरैजसो मानिसहरु बाहिर जाने भएकाले त्यस्ता ठाउँमा चोरी र लुटपाट बढेको हुन्छ, हामी त्यसलाई रोक्न लागिपरेका छौं, हाम्रो टिम खटिइरहेको हुन्छ ।’
 
प्रवक्ता मल्लले प्रत्यक्ष जनसरोकारमा खटिइरहने प्रहरीसंग सहकार्य गर्न पनि आग्रह गरेका छन् । चाडबाडमा आफै सचेत हुनुपर्ने भन्दै डीआइजी मल्लले कुनै घटना भएको वा हुनसक्ने सम्भावना देखिएको छ वा शंकास्पद लाग्छ भने तत्काल प्रहरीको सम्पर्कमा आउन पनि आग्रह गरेका छन् । 
 
विशेष गरी के गर्दैैछ प्रहरी ? 
–चोरी र लुटपाट रोक्न गस्ती बढाउने ।
–काठमाडौं बाहिर गइरहेका यात्रुलाई पनि सुरक्षा दिन हाइवे गस्ती बढाउने । 
–बसपार्क लगायतमा यात्रु ठगिने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा दस्ता खटाउने । 
–क्राइम युनिटलाई थप सक्रिय पार्ने । 
–अवैध कारोबारी बढ्न सक्नेतर्फ ध्यान दिंदै जिल्लाप्रशासनसमेतको सहकार्यमा अनुगमन ।
–कालोबजारी नियन्त्रणमा विशेष ध्यान । 
–मापसेलाई विशेष ध्यान (रमाइलो गर्नेहरुले जथाभावी मापसे गरी सवारी साधन चलाउन सक्नेतर्फ विशेष सतर्कता)
–लागुऔषध सेवन गर्नेलाई नियन्त्रण (चाडबाडको अवसर पारेर रमाइलोका लागि लागुऔषध लिनेलाई नियन्त्रण गर्न विशेष नीति) ।
–चाडबाडमा बढ्न सक्ने तस्करी रोक्नका लागि विशेष युनिट नै सक्रिय । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ