arrow

अब मधेशलाई धेरै रुवाउन हुँदैन, दशैँ अगावै संविधान संशोधन प्रकृया अघि बढ्छ : मन्त्री केसी

logo
कुमोद अधिकारी।
प्रकाशित २०७३ असोज १३ बिहिबार
A-kc--saman-ko-1.jpeg
विराटनगर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले जारी संविधानमा छुटेको विषयलाई सम्बोधन गर्न सरकार सर्वपक्षीय छलफलमा जुटेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले स्थापना गरेको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरणमा मन्त्री केसीले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटको माग पूरा गर्न सबै दलहरुसँग सरकारले निरन्तर छलफल गरिरहेको बताए । 
 
मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउन दशैँ अगावै संविधान संशोेधन प्रकृया अघि बढाइने प्रष्ट पारे । तराई मधेशलाई लाई दुखी बनाएर सिंगो नेपाल खुशी नहुने भएकाले सबैको भावना समेटेर संविधान कार्यान्वयन गर्न सरकार निरन्तर लागेको बताउँदै मन्त्री केसीले २०७४ माघ सम्ममा तीनै तहको निर्वाचन नगराए संविधान संकटमा पर्ने औंल्याए । 
 
मुख्य तीन दलले नै संविधान जारी गरेकाले यसको कार्यान्वयनका लागि पनि यिनै दलहरुबीचको एकता जरुरी रहेकामा जोड दिए । पत्रकारहरु राष्ट्रका सम्वाहक भएकाले आफ्नो दायित्व र जिम्मेवारीलाई बुझेर कलम चलाउनुपर्ने केसीको भनाई छ । पत्रकारिताको सीमालाई नाघेर समाचार सम्प्रेषण गर्दा मुलुकका लागि नै हितकर नहुने भन्दै मन्त्री केसीले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ