arrow

कर्णाली प्रदेश

दोस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
rajkumar-sharma-karnali-mukhyamantri.jpg

कर्णाली । राष्ट्रपति चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै छन् । 

शर्माले  नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिँदै छन् । आज दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएका हुन्  । 

राष्ट्रपति चुनावसँगै केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् । राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा आज मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएर मुख्यमन्त्री बनेका थिए । 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक-एक गरी ४० सदस्य रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ