arrow

हुम्लाको विकासको अवस्था बुझ्छु : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
yamlal-kandel-cm-karnali.jpg
फाइल तस्बिर

हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्लाको वास्तविकता, यहाँका जनजीविका सवाल, विकास निर्माण, कृषि सम्भावनालगायतका विषय बुझ्न आफू यहाँ आएको बताएका छन् । 

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रदेश सरकार र सङ्घ सरकारका विभिन्न योजना, विकास कामको अनुगमन गर्ने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे ।

बजेट कार्यान्वयन अवस्था बुझ्नका लागि आफू हिमाली जिल्ला आइपुगेको उनको भनाइ छ ।

मुख्यमन्त्रीले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतसँग सिधैँ हवाई उडानका लागि पहल भइरहेको जानकारी दिँदै जिल्लामा हुने नियमीत हवाई उडानका समस्याबारे आफू जानकार रहेको बताए ।

सुर्खेत-हुम्ला नेपाल एयरलाइन्सको नियमित उडानका लागि सङ्घीय सरकारसँग पहल हुने उनको भनाइ छ । 

अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाउँदै मुख्यमन्त्रीले जिल्लाको विकास र यहाँका जनताको समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध छ भने । 

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजय बुढा बोहराले सिमकोटमा देखिएको खानेपानी समस्यालाई आफ्नो मन्त्रालयले तत्काल समाधान गर्ने आश्वासन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ