arrow

देशलाई योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यकः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
yamlal-kandel.jpg
फाइल तस्बिर

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताएका छन् । 

वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योग्य एवं सक्षम जनशक्ति उत्पादन हुन सकेमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए । 

“विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरुले गरिखाने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्दछ”, उनले भने । 

आजको आवश्यकता भनेको प्रतिस्पर्धी एवं योग्य जनशक्ति, गुणस्तरीय शिक्षासहित संस्कारयुक्त नागरिक उत्पादन गर्नु रहेको बताउँदै मुख्यमन्त्री कँडेलले यसमा घर, विद्यालय र वातावरण सहि हुनुपर्नेमा जोड दिए ।

“विद्यालयले केवल सिकाउने मात्र होइन, सभ्य नागरिक पनि विकास गर्ने हो”, उनले भने । 

देशलाई आवश्यक असल नागरिक निर्माण गर्न अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ । 

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको बताएका मुख्यमन्त्री कँडेलले सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरुको साथ सहयोग आवश्यक रहेको जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ