arrow

सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
yamlal-kandel-cm-karnali.jpg
फाइल तस्बिर

कालीकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताएका छन् । 

कालीकोट सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताए । 

“भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन”, उनले भने, “त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।”

प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उनको भनाइ छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उनले भने, “नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।” 

उनले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिए ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गरे । 

राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ