गोविन्द केसीको मागबारे मन्त्रिपरिषदबाट निस्कँदै गर्दा के भने गगनले
प्रकाशित २०७३ असोज १३ बिहिबार
10k
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं स्वास्थ्य मन्त्री गगन कुमार थापाले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्ने तर्फ सरकारले द्रूततर गतिमा अघिबढीरहेको दाबी गरेका छन् ।
विहीबार प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठक समेर निस्कनेक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले मनमोहन मेमोरियल मेडिकल
कलेज सम्बन्धि विधेयक फिर्ता लिने निर्णय गरेको पनि मन्त्री थापाले जानकारी दिए ।
‘जतिसक्दो चाँडो चिकित्सा शिक्षा ऐन पारित गरेर त्यसैको आधारमा मेडिकलकलेजहरू सञ्चालन गरिने भएको छ’ थापाले भने ‘चिकित्सा शिक्षा ऐन सम्भवतः बिहीबार नै पारित हुने सम्भावना रहेको छ ।’