arrow

राष्ट्रिय सभामा प्रतिवेदन पेस, अर्को बैठक २१ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदन सभा समक्ष पेस गरेकी हुन् । 

पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८–७९, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८–७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८–७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८–७९ छन् ।

मर्यादा विधेयक विधायन समितिमा
 
राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सांसद डा बेदुराम भुसालले‘ राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरेको र्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २१ गते मङ्गलबार १० बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ