arrow

करेन्ट लागेर छाेराकाे मृत्यु, बाबु घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
current-socked.png

सिन्धुली । सुनकोशी गाउँपालिका-४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ