arrow

को–को गणितज्ञलाई गरे प्रधानमन्त्रीले सम्मान ?

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
pm-ko-news-aaja.jpeg
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले गणितको विकासले अनुसन्धान र विकासको ढोका खोल्ने बताएका छन्। विहिबार गणित विज्ञान ट्रष्ट नेपालले आयोजना गरेको गणितिज्ञ गुरु अभिनन्दन तथा रथारोहण समारोहमा प्रधानमन्त्रीले भने, ‘गुरुहरुले आयोजना गरेको यो कार्यक्रम निकै मौलिक र संवेदनशील पनि छ। गणितको विकास निकै महत्वपूर्ण सवाल हो।
 
गणित र विज्ञानको विकासले मात्रै अनुसन्धान र विकासको ढोका खोल्न सक्छ ।’ प्रधानमन्त्रीले भने, ‘यो सम्मान निकै प्रेरणादायी र अनुकरणीय छ । निरन्तर गणितको विकास र अनुसन्धानमा लाग्ने तपाईको साधना र त्याग राजनीतिकर्मीहरुका लागि पनि प्रेरणादायी हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
 
समारोहमा ७५ वर्ष उमेर पुगेका तथा अनवरत रुपमा ५० वर्ष गणितको अध्यापन र अनुसन्धानमा लागेका गणितिज्ञहरु प्राध्यापक राममान श्रेष्ठ, नृपतिलाल प्रधानाङ्ग, सुम्मा तुलाधर, शिवदत्त पन्त, वुद्धशरण मानन्धर,  शंकरराज पन्त, प्राध्यापक सुशीलकुमार श्रेष्ठ, प्रा।डा। मृगेन्द्रलाल सिंह र ओमकारनाथ पन्त सम्मानित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ