arrow

कर्मचारीलाई राजनीति नगर्न महामन्त्री शशांक कोइरालाको सुझाव

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
sashank-new-fnl.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कर्मचारीले राजनीति नगर्न आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिले प्रकाशित गरेको सापेक्ष संगालो पुस्तकको विमोचन गर्दै कोइरालाले राजनीति गर्नेलाई राजनीति गर्न छोड्दै कर्मचारीले आफ्नो प्रतिष्ठान सुधारमा लाग्न जोड दिए ।
 
नेपालको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेको भन्दै नेता कोइरालाले ३ तहको निर्वाचनको कानुन बन्ने वाँकी रहेको भन्दै संविधान संसोधन मार्फत चुनौतिको सामना गर्नुपर्ने बताए । शुभकामना आदानप्रदान समेतको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय अध्यक्ष खिलानाथ दाहालले श्रम ऐन कार्यान्वयनमा नेपाली काँग्रेसले सहयोग गर्नेमा आफू विश्वस्त रहेको भन्दै मजदूरहरु सहकारी विकासमा लाग्न आग्रह गरे । 
 
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व उपाध्यक्ष रिता खनाल, पूर्व उपमहासचिव तेजेन्द्र कार्की, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका राष्ट्रिय अध्यक्ष जनार्दन भट्टराई लगायतले मजदुरको समस्याहल गर्न व्यवस्थापन र सञ्चालक समिति नङ् र मासुको सम्वन्ध हुनुपर्नेमा जोड दिएका थिए । 
 
खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. परमेश्वर पोखरेल, संस्थानका महाप्रवन्धक अर्जुनवाबु ढकाल, कार्यालय प्रमुखहरुको तर्फबाट ई. निरण महर्जन, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झगबहादुर डाँगी, प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव एवं राप्रपा निकट स्वतन्त्र कर्मचारी परिसदका अध्यक्ष भिमसेन पोख्रेल, एमाले निकट खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव रामकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष महेशराज भट्टराई लगाएतले बोलेका थिए । 
 
कर्मचारी संघले विगतमा कर्मचारीको सवालमा उठाएको मागहरुको व्यवस्थापन गर्न पहल लागिपरिरहेको महासचिव केदार धमलाले जोड दिएका थिए । कार्यक्रममा संघका सस्थापक अध्यक्ष रमेशकुमार मास्केलाई कदरपत्र सहित अवकास जीवनको सुस्वाथ्य एवं दीर्घायुको कामना समेत गरिएको थियो । 
 
कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र दाहाल, सञ्चालक समितिका सदस्य एवं पदपूर्तिका अध्यक्ष नेत्रप्रकाश पन्त, विभिन्न शाखाका कार्यलय प्रमुख, लेखा प्रमुख एवं कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ