arrow

एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् : ओली

सार्क सम्मेलन विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्छ

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
OLI-ko-kada-prahr.jpeg
काठमाडौँ  । एमाले अध्यक्ष केपी ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १९ औँ शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताएका छन् । 
 
एमाले सम्पर्क समन्वय समितिले गरेको  शुभकामना कार्यक्रममा ओलीले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका हुन् । 
 
अध्यक्ष ओलीले भने, ‘सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शक मात्र भएर हुँदैन, समाधानमा पहल गर्न सक्ने हुनुपर्छ ।’
 
सार्कका सदस्य मुलुक भारतले पाकिस्तानसँगको तनावका कारण भारतले पाकिस्तानमा आगामी कात्तिकमा हुने तय भएको शिखर सम्मेलनमा भाग नलिने जनाएपछि अन्य केही सदस्य मुलुकले पनि सहभागि नहुने जनाएका छन् । 
 
अध्यक्ष ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताउँदै देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गर्नुभयो । उनले भने, ‘एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।’ 
 
कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए । 
 
एमालेले प्रदेशस्तरीय कमिटी गठन गरेसँगै सम्पर्क समन्वय कमिटीलाई प्रदेशस्तरको कमिटीको मान्यता दिइएको छ भने विगतका अञ्चल सम्पर्क कमिटी प्रदेशमा समायोजना हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ