arrow

जापानबाट विपन्नलाई सघाउँछन् विनयप्रकाश

समस्यामा परेका डडेल्धुराबासीलाई एक करोड बढी आर्थिक सहयोग

logo
राम धामी,
प्रकाशित २०७९ चैत २० सोमबार
binaya-prakash.JPG

डडेल्धुरा ।  जापानमा व्यवसाय गर्दै आएका अमरगढी नगरपालिका-४ खलङ्गा निवासी समाजसेवी विनयप्रकाश मल्ल दुःख परेका बेला गरिबका साहारा बन्न थालेका छन् । उनले विभिन्न विपत्तिमा परेका डडेल्धुराबासीका लागि हालसम्म एक करोड बढी आर्थिक सहयोग गरिसकेका छन् । 

आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीहरूले उपचारका लागि, समाजसेवीहरूले विभिन्न सामाजिक कामका लागि र यहाँका सामुदायिक विद्यालयहरूले समेत आर्थिक सहयोग आवश्यक परेमा समाजसेवी मल्ललाई सम्झिन्छन् । मन्दिर निर्माण, धार्मिक कार्यक्रमदेखि खेलकुद प्रतियोगिता आयोजना गर्न डडेल्धुराबासीले मल्लसँग सहयोगको याचना गर्छन् । सहयोग माग्नेलाई निर्धक्क आर्थिक सहयोग गर्ने मल्लको बानीका कारण आर्थिक समस्या परेका जो कोहीले मल्ललाई सम्झिन्छन् । 

No description available.

डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकाका ११ वटै वडामा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा ६० हजार रुपैयाँदेखि दुई लाखसम्मको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका मल्लले जापानमा मल्ल किङ्स कम्पनी सञ्चालन गरिरहेका छन् । विभिन्न रोगको उपचार गरिरहेका बिरामी, सवारी दुर्घटनाका घाइतेहरू र सामाजिक सुरक्षा भत्ताबाट बञ्जित स्थानीयलाई सहयोग गर्न मल्ल किङ्ग्स कम्पनी जापानमा कार्यरत कर्मचारीहरू र अन्य शुभचिन्तकमार्फत मल्लले हालै ९० हजार रुपैयाँ सङ्कलन गरेर पठाएको र सो रकम नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाले सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरेको छ ।  

मल्ल किङ्ग्स कम्पनीमा आबद्ध कर्मचारी तथा शुभचिन्तकको तर्फबाट ९० हजार सहयोग पठाइएको जापानमा रहेको कम्पनीका सञ्चालक समाजसेवी मल्लले जानकारी दिए । मोटरसाइकल दुर्घटनाबाट घाइते भएका गन्यापधुरा गाउँपालिका-३ का प्रहरी कर्मचारी हर्केश बिष्टको उपचारका लागि यस पटक थप २५ हजार रुपैयाँ सहयोग गरिएको छ । समाजसेवी मल्लले यसअघि बिष्टको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए । 

हाल काठमाण्डौंमा उपचाररत विष्टलाई भेटेर समाजसेवी मल्लका साथीहरूले बिष्टलाई रकम हस्तान्तरण गरेका छन् । गन्यापधुरा-१ की क्यान्सर पीडित धर्मादेवी महताको उपचारका लागि १५ हजार, अमरगढी-१ का दुर्घटनाबाट घाइते नरेन्द्र ऐरको उपचारका लागि १५ हजार, दुर्घटनाबाट घाइते अमरगढी-१ मालमका जगतसिंह बिष्टको उपचारका लागि १५ हजार, रुखबाट खसेर गम्भीर घाइते भएकी अजयमेरु गाउँपालिका-३ निवासी जमुना चन्द मल्लको लागि १० हजार र सामाजिक सुरक्षा भत्ताबाट वञ्चित अमरगढी-३ मरकट्टेकी ९१ वर्षीय अनितादेवी बिष्टका लागि १० हजार रुपैयाँ नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको कार्यालयबाट वितरण गरिएको नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका सचिव पुष्कर भण्डारीले जानकारी दिए । 

No description available.

नेपाली नागरिकताको प्रमाण पत्र नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित अमरगढी-३ मरकट्टेकी ९१ वर्षीय बिष्टले विपन्नताका कारण सदैव आर्थिक समस्यामा परिरहेको बताउँदै जापानबाट रकम पठाउने समाजसेवी मल्लप्रति आभार व्यक्त गरिन । उनले समाजसेवी मल्लजस्ता मनकारी युवाका कारण आपत् विपत्मा परेका नागरिकहरूले सहयोग प्राप्त गरिरहेको बताउँदै समाजसेवी मल्लको दीर्घायुका लागि आर्सीवाद दिइन । 

सवारी दुर्घटनामा घाइते नाति नरेन्द्र ऐरलाई प्रदान गरिएको सहयोग रकम बुझ्न आएका बाजे रामबहादुर ऐरले समाजसेवी मल्लको सामाजिक भावनाको उच्च कदर गर्दै सामाजिक सेवामा उनको थप सफलताका लागि प्रार्थना गरिरहेको बताए । समाजसेवी मल्लले हालसम्म डडेल्धुरा जिल्लामा एक करोड भन्दा बढी आर्थिक सहयोग गरिसकेको र विपत्तिमा परेका जुनसुकै व्यक्तिलाई पनि दिल खोलेर आर्थिक सहयोग गरिराखेको स्थानीय अगुवा श्याम सिनालले बताए ।

समाजसेवी मल्लले उपकार कोष स्थापना गरेर समस्यामा परेका जिल्लाबासीहरुलाई सहयोग गर्ने तयारी गरिरहेको बताएका छन् । उनले जिल्लाको शैक्षिक सुधारका लागि जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने, उपचार खर्च नभएका विपन्न समुदायका बिरामीहरूलाई उपचारका लागि आर्थिक सहयोग गर्ने र दुर्गमस्थानहरुमा खानेपानी, शौचालय निर्माण, सिँचाई योजना र बाटोघाटो निर्माणका लागि समेत आर्थिक सहयोग गर्ने हिसाबले उपकार कोष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ