कपिलवस्तु । कपिलवस्तुको गणेशपुर गाविस वडा नं ८ दत्तपुरमा एक आमाले दुई वटा टाउको भएको शिसु जन्माएकी छन् ।
बुधवार बिहान घरमै उनले दुईटाउका भएकी छोरी जन्माएकी हुन् ।
पाचौं सन्तानको रुपमा ३५ वर्षिया सुविया खातुनले उक्त छोरी जन्माएको उनका श्रीमान् जावेद खाँले बताए ।
बच्चालाई सामान्य रुपमा चम्चाले दूध खुवाइएको छ । आमासमेत सामान्य बिरामी भएकी छिन् ।
जावेद खांँले पैसा नभएकाले उपचार गर्न लैजान नसकेको दुखेसो पोखे ।
उनका घरमा दुई छोरी र एक छोरा छन् र नयां शिशुसहित चार जना भएका छन् ।
एक बच्चाको पहिले नै मृत्यु भएको थियो ।
अपाङ्ग शिशु र आमाको उपचारमा सरकारले ध्यान दिओस् भन्दै खाँले विनम्र अनुरोधसमेत गरेका छन् ।