arrow

दसैँमा देशभरको इजाजत दिन यातायात व्यवसायीको माग

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
bussss.jpeg
काठमाडौँ । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घले दसैँमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ । 
 
महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीले यातायात व्यवसायको क्षेत्रमा एकाधिकार कायम राखी यात्रु तथा सेवाग्राहीलाई ठग्ने सङ्घसंस्थालाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । 
 
सरकारले भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात कार्यालय तथा यातायातसम्बन्धी व्यवस्थापन बैठकमा विज्ञका साथै सरोकारवाला पक्षलाई पनि बोलाउनुपर्ने माग उनले गरे । 
 
महासङ्घले नेपालमा सर्वाजनिक यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धामा खरो उत्रिने आफ्नो महासङ्घलाई यातायात क्षेत्रको व्यवस्थाका लागि आयोजना गरिने कुनै पनि बैठक तथा छलफलमा बोलाउन माग गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ