arrow

डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
dish-homes.JPG

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा थुप्रै व्यक्तिले एक लाख पुरस्कार जितेका छन् । देवका आचार्य- रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल, एम्बिता राईले नगद एक एक लाख जितेका हुन् । 

सन्जु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ का डिलरबाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन।

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । 

अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

 ग्राहकलाई १ लाख डिश मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, अफिसर विजय पन्थीको उपस्थितमा खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन प्रसाद आचार्यबाट हस्तान्तरण गरिएको थियो ।

लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा: च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ