arrow

भदौमा महिला हिंसाका ९५ घटना

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
women-agitation.jpeg
काठमाडौँ । भदौ महिनामा हिंसामा परेका महिलामध्ये ५४ प्रतिशत महिला १७ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । 
 
महिला पुनःस्थापना केन्द्र ओरेकले भदौ महिनामा गरेको अध्ययनअनुसार ९५ वटा हिंसामा परेका घटना दर्ता भएकामा ४६ प्रतिशत १६ वर्षमुनिका देखिएको छ । 
 
यसैगरी, ३९ प्रतिशत महिला शारीरिक हिंसामा परेका थिए भने मानसिक हिंसामा २४ प्रतिशत, बलात्कारको घटना १० प्रतिशत, बहुविवाहको घटना आठ प्रतिशत र अन्य घटना १३ प्रतिशत महिला हिंसामा परेको देखिएको छ ।
 
 उनीहरुमध्ये ३१ प्रतिशत महिला आफ्नै परिवारबाट पीडित भएका थिए भने २३ प्रतिशत छिमेकी तथा नातेदारबाट हिंसामा परेका थिए । 
 
यस्तै, १५ प्रतिशत आफ्नै श्रीमान्बाट र आठ प्रतिशत प्रेमीबाट हिंसामा परेका थिए । महिला हिंसाविरुद्व विभिन्न सङ्घसंस्थाले समय–समयमा जनचेतनात्मक कार्यक्रम, ¥याली, सडक नाटकजस्ता कार्यक्रम गरेपनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको उक्त तथ्याङ्कले देखाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ