arrow

डा गोविन्द केसी आमरण अनसन पाँचौं दिनमाः फेरि अस्पतालमा छट्पटाउँदै

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
govinda-k-c.jpg.jpeg
काठमाडौं । चिकित्सा शिक्षाको विकृति अन्त्यको माग गर्दै आमरण अनसन गरिरहेका प्राडा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गइरहेको छ । सरकारले पटक पटक गरेका सहमति पालना नगरेपछि नवौं चरणको आमरण अनसनमा बसेका डा केसी पाँच दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जको प्राङ्गणमै छन् । 
 
चिकित्सक केसीले आफ्नो ज्यानलाई अप्ठेरो भएको बताएसंगै उनलाई स्लाइन दिएर राखिएको रेजिडेन्ट्स डक्टर्स एसोसिएसनका अध्यक्ष डा लिजन महर्जनले जनाएका छन् । 
 
डा केसीले शरीर दुखेको र मासुसमेत फर्फराएको बताएपछि उनको विशेष निगरानी थालिएको छ ।
 
आठौं चरणकोजस्तो शिक्षण अस्पताल प्रशासनबाट दुःख दिइएको नभए पनि अहिलेसम्म कोही विशेष व्यक्ति भने डा केसीलाई भेट्न आमरण अनसनस्थल गएका छैनन् । 
 
यसपटक पाँचौं दिनसम्म पनि कुनै सरकारी पदाधिकारी वा अधिकारकर्मी वा चिकित्सकहरुको समूहसमेत डा केसीलाई भेट्न पुगेको छैन । कुनै पनि दलका नेताहरुसमेत नपुगेको डा महर्जनले बताए ।
 
नेपाल चिकित्सक संघसमेत सुतेको अनुभव भएको शिक्षण अस्पतालका एक चिकित्सकले बताए । ‘सायद कुनै खतरा रणनीति पो बनाउँदै छन् कि !’, उनले भने । 
 
के गर्दैैछन् त्यहाँ भित्रका चिकित्सकहरु –
 
रेजिडेन्टस् डक्टर्स एसोसिएसनको सक्रियतामा बिहीबारदेखि कालोपट्टी बाँधेर काम भइरहेको छ । 
 
आइतबारदेखि कुनै पनि शैक्षिक कक्षा नलिने डा महर्जनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ