arrow

‘संविधान संशोधनबारे सरकारले प्रतिपक्षीसँग छलफल नै गरेको छैन’

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ असोज १४ शुक्रबार
jhalanath-khanel.jpeg
विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले  संविधान संसोधनका विषयमा प्रमुख प्रतिपक्ष दल एमालेसंग प्रधानमन्त्रीले कुनै सल्लाह र छलफल नगरेको बताएका छन् । 
 
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले सरकारमा सहभागी नेपाली कांग्रेस र माओवादी केन्द्रले कुनै दलसँग सहमती नगरी एकलौटी रुपमा संविधान संसोधन प्रक्रिया अगाडि वढाउन खोजेको आरोप पनि लगाए । 
 
उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई बाहिर राखेर नेपाली काँग्रेस र माओवादी केन्द्रले चाहँदैमा संविधान संसोधन हुन नसक्ने पनि स्पष्ट पारे । 
 
उनले संविधान संशोधनको औचित्य प्रष्ट नपारीकन संविधान संसोधन गर्ने कुरा आफनो पार्टीलाई स्वीकार्य नहुने बताए । 
 
नेता खनालले हिमाल, पहाड, तराइ मधेशलाई समेटेर नया संविधान जारी भएकाले कसैले भन्दैमा वा चाहँदैमा संविधान संसोधन गर्न नमिल्ने बताए । 
 
नेता खनालले संविधान संसोधन भन्दापनि संविधान कार्यान्वयनमा सबै दल मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । नेता खनालले संविधान कार्यान्वयन पछी मधेशी मोर्चाले उठाएको माग समेत पुरा हुने दावी गरे । 
 
उनले आगामी २०७४ साल माघ महिना भित्रै तिन तहको निर्वाचन नभए संविधान संकटमा फस्ने भएकाले त्यसकालागि पनि नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकता आवश्यक रहेको बताए । 
 
नेता खनालले दलहरुबीच अरु कुरामा विमती भएपनी संविधान कार्यान्वयन र तिनै तहको निर्वाचनका लागि भने मुख्य दलबीच सहमति आवश्यक रहेको उल्लेख गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ