arrow

रिक्त १३ डीआईजीको बढुवाका लागि फाइल तयार, १८ एसएसपी प्रतिस्पर्धी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । एआईजीको बढुवा भएपछि रिक्त रहेको १३ डीआईजीको बढुवा प्रकृया अघि बढ्ने भएको छ । प्रहरी प्रधान कार्यालयले १३ डीआईजीको बढुवाका लागि प्रकृया शुरु गर्ने गरी फाइल तयार पारेको छ । 

अहिले १३ पदका १८ एसएसपी प्रतिस्पर्धी रहेका छन् । अघिल्लो पटक बढुवामा छुटेका र पछिल्लो ब्याजीहरुलाईसमेत समेटेर बढुवा गर्ने तयारी भएको हो  । प्रतिस्पर्धीहरुको मूल्यांकन गरेर  केही समयपछि डीआईजीको सिफारिस गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ । 

नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो । बढुवाका लागि एसएसपीहरु जनकराज भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल छन् । 

बढुवाका लागि उनीहरुले शक्ति केन्द्रमा आफ्नो कुरा पुर्याइसकेका छन् । प्रतिस्पर्धीहरुमध्ये सुरेन्द्र मैनाली चक्रबहादुर सिंह र विकाराज खनाल बढुवा नभए एसएसपीमै बिदा हुनेछन् । यी मध्येका खनाल सबैभन्दा सिनियर हुन् । उनी लागुऔषध व्यूरोको प्रमुख छन् । 

त्यसैगरी भट्टराई, बास्तोला र बोहोराले प्रदेश प्रमुखको जिम्मेवारी पाइसकेकाले उनीहरुको बढुवा निश्चितजस्तै भएको छ । ‘निमित्तको जिम्मेवारी पाएका छन् उनीहरुको बढुवा निश्चित छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । उनका अनुसार कर्मचारी प्रशासन फाँटका एसपी बेलबहादुर पाण्डेले बढुवाको फाइल उठाएर राखेका छन् । 

बढुवा अघि नै प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुखहरुको टुंगो  लगाएको थियो । जसमा शुरुमा डीआईजी किरण राणालाई मधेश प्रदेशमा प्रमुखमा खटाएको थियो । तर प्रधानमन्त्री कार्यालयबाटै उनको सरुवा रोकिएपछि एसएसपी भट्टराईलाई त्यहाँ पठाइएको हो । 

राणाको भने बागमती प्रदेशमा सरुवा भएको थियो । बढुवा नभइकन कोशी प्रदेशमा बास्तोला, मधेशमा भट्टराई, सुदूरपश्चिममा बोहोरालाई पठाइएको हो । ‘केही दिनमा डीआईजीहरुको बढुवा सिफारिस हुनेछ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । 

अघिल्लो पटक छुटेका केसी, खनाल र मैनालीलाई पनि बढुवा गर्ने दबाब रहेको छ । आईजीपी नियुक्ति भएको केही दिनमा एआईजी बढुवा सिफारिस भएको थियो । 

त्यसपछि डीआईजी बढुवा सिफारिस भने रोकिएको छ । दुई दिनअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला सरुवा र बढुवा नरोक्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका थिए । आईजीपी कुँवरले पनि बढुवालाई प्राथमिकतामा राखेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ