arrow

स्वतन्त्रता सेनानी नौलाखाले घरमै पुगेका मन्त्री केसीलाई भने 'कांग्रेस एक बनाउन लाग्नुस’

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
kc.jpeg

बिराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्य जग भनेको नै विराटनगर हो । विराटनगरमा कृष्णप्रसाद कोइरालाले सुरु गरेको राणाविरोधी अभियानले पछि आन्दोलनको रुप लिएको थियो ।

कृष्णप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनको अग्रमोर्चामा एकजना मारवाडी समुदायको व्यापारी युवा भीमराज नौलखा थिए । मोरङ र सुनसरीका बिभिन्न कार्यक्रममा सहभागि हुन विराटनगर पुग्नुभएका कांग्रेस नेता तथा सहरी बिकास मन्त्री अर्जुननरसिंह केसीलाई ती ९० बर्षीय स्वतन्त्र सेनानी विहिवार चिठ्ठी लेख्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले धेरै काम गरेकाले अहिलेका कांग्रेस नेताहरुले पार्टी भित्रका सवै मतभेद बिर्सेर पार्टीलाई एक बनाउन आग्रह समेत गरेका छन् ।

 मन्त्री केसी नौलाखालाई भेट्न बिराटनगरमा उनकै निवासमा पुगेका थिए । नौलखा अहिले घुँडा दुख्ने रोगका कारण राम्रोसँग हिंडडुल गर्न सक्दैनन् । तर पनि प्रजातन्त्रका लागि लडेको क्रान्ति योद्धा नौलखालाई नेपाली कांग्रेसमा देखिएको गुटको राजनीतिको अझै चिन्ता छ । उनले मुलुकको बर्तमान राजनीतिबाट आफू चिन्तित भएको समेत मन्त्री केसीलाई लेखेको चिठ्ठीमा उल्लेख गरेका छन् ।

२००७ सालमा राणाशाहीको बिरुद्ध भएको क्रान्तिमा जेलको कालकोठरीमा नै दिव्याका पति कृष्णप्रसाद कोइरालाको निधन भएको थियो अनि सबै छोरा प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । बीपी र गिरिजाप्रसाद कोइरालालाई पक्राउ गरेर जेलमा राखिएको थियो । दिव्या, नोना, नलिनी उपाध्याय र इन्दिरा आचार्य सबै एकपटक जेलमा बसिसकेका थिए । विशेषगरी दिव्या र केशव कोइरालाको आग्रहमा विराटनगर कोइराला परिवारसँग पारिवारिक सम्बन्ध भएका नौलखा परिवारका छजना दाजुभाइमध्ये एकजनालाई राणाविरुद्धको क्रान्तिमा बलिदानका लागि तयार हुन आग्रह गरिन् । उनीहरुलाई कोइरालानिवासमा बोलाइयो । व्यापारी मारवाडी समुदायका नौलखा नेपालीलाई राणाशासनबाट मुक्ति दिने महाअभियानमा होमिए । त्यही क्रममा केशव कोइराला माता दिव्याका कारण नौलखा भरखरै विवाह गरेर बसेको २२ वर्षमा छ जना दाजुभाइमध्ये प्रजातान्त्रिक आन्दोलनका लागि बलिदान दिन तयार भए । कृष्णप्रसाद कोइरालाका कारण विराटनगरमा बस्ती बसेपछि सबै व्यापारी काँग्रेसलाई सहयोग गर्न तयार भएको नौलखाले सुनाए ।

आन्दोलन पनि उत्कर्षमा पुग्न लागेका बेलामा काँग्रेससँग पैसा नभएका कारण नेताहरु फिटिफिटी परेको थाहा पाएर उनले चन्दा संकलन गर्दा ढिलो हुने भनेर श्रीमतीले लगाएको झन्डै सय तोलाको सुन दिव्यालाई दिएका थिए । प्रजातान्त्रीक आन्दोलनको एउटा धरोहर नौलाखाले नेपाली कांग्रेसको इतिहाँसलाई नबिर्सन समेत नेताहरुलाई आग्रह गरेका छन् । उनले मन्त्री केसीलाई चिठ्ठी लेख्दै भनेका छन– ‘नेपाली कांग्रेसले मुलुकका लागि २००७ सालदेखि नै ठुलो योगदान गर्दै आएको छ । कांग्रेसका शीर्ष नेताहरुले उच्चकोटीको काम गरेका छन् । अहिले पार्टीमा देखिएको गुटगत राजनीतिले मलाई चिन्तित तुल्याएको छ । तर कांग्रेस एक भएर संविधान कार्यान्वयन गर्नेछ भन्ने मलाई विश्वास छ । खुकुरी दलले काँग्रेसमाथि आक्रमण गरेपछि त्यो बेला गिरिजाप्रसादले बोलाएर काठमाडौ आएका नौलाखाले वीपीको आदेश अनुसार भरत शमशेरको गुप्तचरी गर्नका लागि भरतशमशेर कहाँ भाडा माझेर चिया पकाएर भरत शम्शेरको सबै बैठकको सूचना बीपी कोइरालाकहाँ समेत पुर्याएका थिए ।’ बीपी कोइरालामाथि नै आक्रमण गर्ने भरतशम्सेरकै घरमा राणाहरुले योजना बनाएका थिए । त्यो पनि सुचना नौलखाले नै बीपी कोइरालासम्म पुर्याएका थिए– जसले गर्दा बीपी कोइरालामाथि आक्रमण हुन पाएन । नौलखाको योगदानका बारेमा आफुलाई जानकारी भएको भन्दै मन्त्री केसीले पार्टी भित्र पुर्ण एकता कायम गर्न आफु लागि पर्ने बिश्वास दिलाएका थिए ।

 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ