arrow

तरुण दलको दशै शुभकामना आश्रममा

logo
पर्मेश्वर शाह,
प्रकाशित २०७३ असोज १४ शुक्रबार
tarun-dal.jpg.jpeg
हर्राबोट ।  नेपाल तरुण दल जिल्ला कार्य समिति लमजुङले विजया दशमी तथा शुभदीपावलीको अवसर पारेर आयोजना गरेको शुभकामना तथा सहयोग हस्तान्तरण कार्यक्रम जेष्ठ नागरिक आश्रममा गरेको छ । वृद्धाहरु जिउँदो इतिहास भएकाले अन्य औपचारिक कार्यक्रम गर्न भन्दा आश्रमका जेष्ठ नागरिकहरुलाई सहयोग गर्नु सार्थक काम भएकाले आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको तरुण दल लमजुङका अध्यक्ष रमेश कुमार पाण्डेले बताए ।
 
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पाण्डेले अव हरेक यूवाहरु सिर्जनशील हुनुपर्ने बताए । आफ्नो आम्दानीको कम्तिमा १० प्रतिशत रकम समाज सेवा वा परोपकारी काममा खर्च गर्न आग्रह गर्दै पाण्डेले हरेक यूवामा जेष्ठ नागरिकहरुप्रति सम्मानको भावना आउनु पर्ने बताए । हरेक धर्म शास्त्रहरुको सार मानव सेवा भएकाले जुन सुकै धर्म, सम्प्रदाय वा समुदायको भएपनि मानवीय सेवामा समर्पित हुनपर्ने पाण्डेको भनाई थियो ।
 
धार्मिक पुस्तकहरु गीता, त्रिपीटक, बाइवल र कुरानले समेत मानवीय सेवालाई उच्च स्थान दिएकाले हरेक धार्मिक तथा आध्यात्मिक व्यक्तिहरु मानव सेवामा केन्द्रित हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष ललीत गुरुङ,भोटेवडार सुन्दरबजार नगर विकास समितिका अध्यक्ष रामजी कँडेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी , उपाध्यक्ष ऋषि अधिकारी, प्रेस युनियन तनहुँका प्रकाश अधिकारी लगाएतको उपस्थिती थियो ।
 
 कार्यक्रममा सर्वोदय सेवाआश्रका अध्यक्ष कृष्णराज ओलियाले आश्रमको गतिबिधिबारे जानाकारी गराउदै कार्यक्रमका सहभागीहरुलाई स्वागत गरेका थिए । तरुण दलले वडा दशैको अवसरमा आश्रममा रहेका १५ जना जेष्ठ नागरिकहरुलाई एक एक सेट नयाँ कपडा र फलफुल वितरण गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ