arrow

पुनर्निर्माण प्राधिकरणको चेतावनी : पैसा बुझेर घर नबनाए कारबाही

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको लागि वितरण गरिएको पहिलो किस्ताको ५० हजार सलएर घर निर्माण नगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । 
 
शुक्रबार प्राधिकरणले विज्ञप्ती जारी गर्दै दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने हुँदा अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न पनि अग्रह गरेको छ । 
   
प्राधिकरणले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि असोज १३ गतेसम्ममा ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भइसकेको जनाएको छ । 
 
अनुदान रकम लिन विभिन्न जिल्लाहरुका बैंकहरुमा भूकम्प पीडित घरधनीहरुको भीड लाग्ने गरेको जानकारी प्राप्त भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण भएको पनि जनाएको छ । 
 
‘बैंकमा रहेको रकम आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि निकाल्न सकिन्छ । अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था रहेकाले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न राष्ट्रिय पुननिर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ । 
 
प्राधिकरणले अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ