arrow

संविधान कार्यान्वयनमा जुट्न नेता नेम्वाङको आग्रह

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
subash-nembang3.jpg.jpeg
काँकडभिट्टा (झापा) । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । 
 
नेपाल राष्ट्रिय जेसिजको क्षेत्र ‘क’ सम्मेलनलाई शुक्रबार धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक दलहरुलाई आ–आफ्ना अडान छाडेर संविधान कार्यान्वयनमा जुट्न आग्रह गरेका हुन् । 
 
नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र जनता मैत्री भएको दाबी गर्दै भने –“२००७ सालदेखिको जनताको चाहना र भावनाको मूर्तरुप लिने समावेशी संविधान निर्माण भएको छ, यसलाई तत्काल कार्यान्वयन गर्नुको विकल्प छैन ।” 
 
उनले केही असन्तुष्ट पक्षबाट संविधान कार्यान्वयन गर्न नदिने र सामाजिक सद्भाव खल्बल्याउन विभिन्न भ्रम फिजाउने काम भइरहेको धारणा राखे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ