arrow

स्वास्थ्य मन्त्री गगन थापाको अनसनरत गोविन्द केसीसँग भेटवार्ता

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
dr-kc.jpeg

काठमाडौं । स्वास्थ्य मन्त्री गगन कुमार थापाले अनसनरत गा. गोविन्द केसीसँग भेट गरेका छन् । चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग राख्दै नवौं पटक अनसनमा बसेका डा. केसीसँग मन्त्री थापाले शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर भेटघाट गरेका थिए ।

भेटका क्रममा मन्त्री थापा र डा. केसीबीच केसीले राखेका मागहरू र त्यसमा सरकारले चालेका कदमहरूको विषयमा सामान्य छलफल भएको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । 
 
उनीहरूबीचको भेटका क्रममा मन्त्री थापाले केसीको मागप्रती सरकार गम्भीर रहेको भन्दै माग पूरा गर्नको लागि केही काम पूरा पनि भईसकेको र केही पूरा हुने चरणमा रहेको बताएका थिए । 
 
उनले मनमोहन प्रतिष्ठानको विषय टुङ्गो लागिसकेको र चिकित्सा शिक्षा ऐन पनि संसद्मा पेश भईसकेको पनि डा. केसीलाई स्मरण गराएका थिए । डा. केसीले पनि मन्त्री थापा समक्ष आफ्ना मागहरू पुनः स्मरण गराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ