arrow

साझा यातायातले दसैँअघि वीरगन्जसम्म सेवा विस्तार गर्ने

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
sajha-yatayat-buses-30.jpeg
काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ । 
 
आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझा यातायातले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । 
 
पाण्डेका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बाग्लुङका लागि दुई र काठमाडौँ–गोरखाका लागि दुई बस सञ्चालन गर्ने तयारी गरे पनि यात्रुलाई समस्या भएकाले थप सेवा विस्तार गर्न लागिएको हो । तीन दिनपछि वीरगन्ज जाने यात्रुले साझाको सेवा लिन पाउनेछन् । 
 
यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६:३० बजे बाग्लुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२/६३ देखि पूर्ण रूपमा लामो मार्गमा साझाका बस सञ्चालन हुन छाडेको थियो । 
 
एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ