गृहमन्त्री श्रेष्ठ भन्छन् –दुई करोड मागेको अडिओबारे अनुसन्धान भइरहेको छ, प्रमाणित भए कारबाही हुन्छ
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् ।
सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको र प्रमाणित भए कारबाही हुने बताएका छन् ।
उनले भने, ‘दुई करोडको कुरा आएको छ । त्यसमा आधिकारिक प्रक्रियाबाट निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानबाट जे पुष्टि हुन्छ । त्यही अनुसार हुन्छ। ’