arrow

दिवंगत पूर्व गृहमन्त्रीको शालिक निर्माण थालियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज १५ शनिबार
padma-sundar-lawati-salik.jpeg
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पूर्व गृहमन्त्री स्वर्गीय पद्मसून्दर लावतीको शालिक निर्माण गर्न थालिएको छ ।
 
पटक–पटक मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनेका लावतीको फिदिम बजारस्थित आहालगैरीमा सून्दर पार्कसँगै शालिक निर्माण थालिएको हो । 
 
शालिक निर्माणको जिम्मा लिएको शालिक निर्माण समितिका संयोजक लोकेन्द्र आले मगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाईसकिएको र सदरमुकाम फिदिम पनि बनाइन लाएिको हो ।
 
अहिले शालिक र पार्क गरी झण्डै २५ प्रतिशत काम सकिइसकेको उनले बताए । आगामी कार्तिक २५ गतेभित्र महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर शालिक अनावरण गरिने संयोजक आलेले बताए । 
 
पार्क र शालिक निर्माणका लागि फाल्गुनन्द संरक्षण प्रतिष्ठानले १ लाख ५० हजार रुपैँया सहयोग समेत गरेको छ । समितिले शालिक र पार्क निर्माणका लागि झण्डै ७ लाख रुपैँया जति लाग्ने जनाउँदै स्वेच्छिक सहयोग गर्न समेत सम्पूर्ण संघ संस्था तथा महानुभावहरुलाई आग्रह गरेको छ । 
 
जिल्लाको विकास निर्माणमा लावतीको योग्दान अतुलनीय रहेको जिल्लावासीहरु बताउँछन् । दिवंगत पूर्वगृहन्त्री लावतीको निधन ०७२ जेठ २७ गते निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ