arrow

काँग्रेस सरकारमा मुसो बनेर बस्यो, माओवादी विरालो बन्दै छ –प्रकाशमान

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
prakash-man-sss.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन् । 
 
नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले भने, ‘काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ।’ कांग्रेस मुसाे बनिरहेको छ । 
 
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले ‘स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,भन्दै  काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए । 
 
पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद् हो –भने । 
 
काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ