arrow

सर्‍यो राष्ट्रिय सभाको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस २०८० साल बैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

“मिति २०७९ साल चैत ३० गते बिहीबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’ बुधबार जारी सूचनामा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ