arrow

एमाले जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउनु हुँदैन–रामचन्द्र

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
ramchandra-paudel-aaja.jpeg
काठमाडौँ । काँग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताएका छन् । 
 
नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले शनिबार विजयादशमी, दीपावली, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पौडेले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताए । 
 
नेता रामचन्द्र पौडेलले भने, ‘संविधानमा मधेसीका अधिकारका विषयमा केही कमी कमजोरी होलान आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौँ ।’ 
 
राजनीतिक दलबीच संविधान कार्यान्वयनको कुरा हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै पौडेलले यसलाई सबै राजनीतिक दल मिलेर समाधान खोज्नुपर्ने बताए ।  
 
नेता पौडेलले संसदीय प्रजातन्त्र नमानेका कारण मुलुकमा अस्थिरता पैदा भएको उल्लेख गर्दै एमाले जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउने काम गर्न खोजेको आरोप लगाए । 
 
पौडेलले सीमाङ्कनमा जाँदा जिल्लालाई टुक्र्याउन नहुने धारणा राख्दै जिल्लालाई टुक्र्याएर मुलुकमा झन् अस्थिरता सिर्जना हुने बताए । 
 
नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले नेपाली पत्रकारिताको पुरानो संस्था प्रेस युनियन भएको भन्दै युनियनले श्रमजीवी पत्रकारको हक, हितमा बारम्बार लड्ने प्रतिवद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ