arrow

प्रधानमन्त्री एका–एक किन पुगे बाँके ?

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
PM-banke.jpeg
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन् ।  
 
सोही सिलशिलामा शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री दाहाले भने, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो । ४७ प्रतिशतका काम भएको छ । 
 
अब हामीले दिएको समय भन्दा अघि सम्पन्न गर्नुहोला । समयमै गुणस्तरीय रुपमा जनतासँग समन्वय गरेर छिटो काम गर्नुहोला । सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नेछ । नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं ।’
 
प्रधानमन्त्रीले संविधान संशोधन, पुनर्निर्माण, विकासका आयोजना, राष्ट्रिय सहमतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । दाहालले भने, ‘उच्च अदालत गठनमा सहमति भएको छ । संविधान संशोधन, निर्वाचन लगायतका राष्ट्रिय महत्वका विषयमा सरकार समझदारीका साथ अघि बढ्नेछ । 
 
राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री नेपालगञ्ज पुगेका प्रधानमन्त्री दाहालले सो अवसरमा आयोजनाको तर्फबाट आयोजनाको प्रगति विवरणबारे जानकारी लिए । 
 
१० वर्षदेखि निर्माणाधिन ४२ हजार सेक्टर जमिन सिंचाई गर्ने क्षमता राख्ने योजना निर्माणको आधा काम सम्पन्न भइसकेको छ । निरीक्षणमा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षामान पुन, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल लगायत थिए । दाहालले हेलिकोप्टरमा बाँके प्युटान लगायतका क्षेत्र घुमफिर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ