arrow

विना मापदण्डका नाप तौलका सामाग्री वरामद

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पूर्वाञ्चल नापतौल विभाग लगायतको अनुगमन टोलिले शुक्रबार फिदिम वजारमा सुनचाँदी पसलहरुको अनुगमन गरेको छ ।
 
सो क्रममा विभागको मापदण्ड विपरीत संचालन भएको, स्टिकर र टाँचा नलागेका ढक तराजु र विद्युतिय नाप तौलका मेसिनहरु समेत वरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर वस्नेतले वताए ।
त्यस्ता पसलहरुलाई ५ दिन भित्र नियम वमोजिमको मापदण्ड पूरा गरी सम्वन्धित निकायमा पेश गर्न निर्देशन समेत दिइएको छ ।
 
अनुगमनका क्रममा दर्ता नभएका पसल धेरै भेटिएको टोलीले जनाएको छ । जिल्लामा उद्योग बाणिज्य संघमा दर्ता हुने तर सरकारी निकायमा दर्ता नभएका पसलको संख्या धेरै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ