arrow

अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्न सरकारसँग माँग

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
sramjivitrade.jpeg
काठमाडौं । श्रमजिवी ट्रेड युनियन महासंघ नेपालले यथाशिघ्र अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा दशैं, दिपावली तथा छठको अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा महासंघका अध्यक्ष राम बहादुर तामाङ्ले जतिसक्दो चाँडो सरकारले अधिकारसम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्नुपर्ने माग गरेका हुन् । 
 
अध्यक्ष तामाङ्ले भने,‘नेपालमा सबै राजनीतिक दलका आ–आफ्नै पार्टीगत मजदुर संगठन छन्, यो भन्दापनि अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्नुपर्छ, जसले सबैलाई समेट्न सकोस, त्यस्तो आयोगको गठन हुनुपर्छ भन्ने पक्षमा हाम्रो महासंघ प्रतिबद्ध छ र सरकारसँग यही माग गर्दछौं ।’
 
महासंघले प्रत्येक संगठित तथा असंगठित मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धि गर्नुपर्ने, मजदुरहरुलाई राशन कार्डको व्यवस्था गर्नुपर्ने, निःशुल्क जीवन विमा, साना व्यवसायीहरुलाई विना द्यितो कर्जा व्यवस्था गर्नुपर्ने, श्रमजिवी मजदुर संगठन र नेपाल उद्योग बाणिज्य महासंघवीच भएको सम्झौता तत्काल लागु हुनुपर्ने लगायत १५ बुँदे मागहरु अघि सारेको छ । 
 
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान क्षेत्रिय प्रशासक ललित बहादुर थापाले शुभकामना प्रदान गर्दै मजदुरहरुको हकहितको लागि महासंघले उठाएका मागहरु जाजय रहेकोले सरकारले यसमा ध्यान दिनुपर्ने बताए । त्यस्तै महासंघका उपाध्यक्ष कुलबहादुर बस्नेत, महासचिव नेत्रबहादुर लिम्बु, उपमहासचिव द्धय निरज बिसी र सुरेश श्रेष्ठ, सचिव गायत्री भट्टराई, निर्माणविक्रम राणा, महिला उपाध्यक्ष द्धय धन केसी र उषा तामाङ् लगायतले मजदुरहरुको हकअधिकारबारेमा आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै महासंघका सल्लाहकारहरु ललितमान श्रेष्ठ र पुरुषोत्तम पोखरेलले शुभकामना व्यक्त गरेका थिए । 
 
कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा आवद्ध मजदुर र कलाकारहरुलाई महासंघमा स्वागत गरिएको थियो । महासंघका अध्यक्ष तामाङ्का अनुसार १५० जना महासंघमा आज प्रवेश गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ